नेपालमा एकै दिनमा ५७ जना कोरोना संक्रमित थपिए, पत्रकार पनि संक्रमित

नेपालमा एकै दिनमा ५७ जना कोरोना संक्रमित थपिए, पत्रकार पनि संक्रमित

३० वैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५७ रहेको छ र ती सबै पुरुष रहेका छन् ।

जसमध्ये कपिलवस्तु जिल्लामा ८ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेका छन् । उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

पर्सामा भएका ३९ जना कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो ।
३९ जना मध्ये दुई जना पत्रकार सम्पर्कमा आएको उहाँले बताउनुभयो । संक्रमितहरुसँग सम्पर्क भइरहेको हुँदा कति जना पत्रकार संक्रमित छन् भन्ने केही बेरमा थाहा हुने डाक्टर उपाध्यायले जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर