२९ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गर्नुभयो ।
शुक्रबार र शनिबार हिमालय एयरलाइन्सको जहाजले ती सामान चीनबाट ल्याएको थियो ।
राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जनाईएको छ ।