सप्तरीका थप एक युवकमा कोरोना संक्रमण पुष्टि, आज मात्र ११ जना संक्रमित फेला

सप्तरीका थप एक युवकमा कोरोना संक्रमण पुष्टि, आज मात्र ११ जना संक्रमित फेला

२९ वैशाख, काठमाण्डौँ । आज एकैदिनमा ११ जना कोरोनाभाइरसको संक्रमित फेलापरेका छन् । अघि बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा अहिले दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार थप नयाँ संक्रमित सप्तरीका हुन् । १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका–३ का बासिन्दा रहेका बताईएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकको रिपोर्ट पोजिटिभ आएको जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर