नेपाल–भारतको सिमा क्षेत्रमा काडेतार लगाउन अनेरास्ववियू र युवा संघको माग

नेपाल–भारतको सिमा क्षेत्रमा काडेतार लगाउन अनेरास्ववियू र युवा संघको माग

२८ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गरेको छ ।

आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका हुन् ।

भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले संयुक्त रुपमा मन्त्री ज्ञवालीसमक्ष आज मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा युवा संघका तर्फबाट संयोजक रामप्रसाद सापकोटा दिपशिखा र रमेश कुमार पौडेलको र अनेरास्ववियुको तर्फबाट अध्यक्ष ऐन महर र सहअध्यक्ष रञ्जित तामाङको हस्ताक्षर रहेको छ ।

उनीहरूले परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भारतले गत कात्तिकमा जारी गरेको राजनीतिक नक्सा खारेजी गर्न माग गरिएको छ ।

नेपाली भूमि अतिक्रमण गरी बनाइएको सडक सञ्चालनमा रोक लगाउन पनि उनीहरूको माग छ ।

उच्चस्तरीय कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर