
२८ वैशाख, सुनसरी । केहि समय देखि लकडाउनका कारण रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको निर्माण कार्य सुरु भएको छ ।
इटहरीको मुख्य चौक आसपासमा निर्माणधिन ६ लेन सडकको काम इटहरी आसपासमा भने सुचारु भएको हो ।
रानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा करीब ५ महिना अगाडी भत्काईएको थियो ।
तर निमार्ण काई ढिलो भएको भन्दै ब्यपार ब्यवसाय चौपट्ट हुदै आएको भन्दै लकडाउनको समयमा निर्माणको काम सुरु गर्न ब्यापारीहरुले माग गर्दे आएका थिए ।
इटहरीको धरान लाईन र विराटनगर लाईनमा सकड आसपासमा भत्काएको कारण ब्यापार ब्यवसाय संञ्चालनमा समस्या भएको ब्यापारीहरुको भनाई रहेको छ । अहिले लकडाउनकै समयमा इटहरी चौकमा धमाधम काम सुरु हुन थालेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७