पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

इलाम । भारतको सिक्किम तथा नेपालको ताप्लेजुङ लेलेप आसपासलाई केन्द्रबिन्दु बनाएर आज (मंसिर ९ गते) बिहान गएको ५.१ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ।

प्रारम्भिक विवरणअनुसार नेपाली समय बिहान करिब ७:१७ बजे गएको उक्त भूकम्पको केन्द्रबिन्दु भारतको ग्यालशिङ (Gyalshing), सिक्किम आसपास रहेको बताइएको छ। भूकम्पको गहिराइ करिब ५१ किलोमिटर रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न स्थानमा समेत महसुस गरिएको बताइएको छ।

भूकम्पबाट भएको सम्भावित क्षति तथा मानवीय प्रभावबारे भने आधिकारिक विवरण आउन बाँकी छ।

प्रतिक्रिया:

सम्बन्धित खवर