ब्याक अफ ईण्डियाको नारा लगाउदैँ अनेरास्ववियू भारतीय दूतावास अगाडि

ब्याक अफ ईण्डियाको नारा लगाउदैँ अनेरास्ववियू भारतीय दूतावास अगाडि

२७ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय दूतावास अगाडि लैनचौरमा प्रदर्शन गरेका छन् ।

नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा आज उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २० जनालाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ । उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ ।

भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचोर नपुग्दै उत्तरढोका अघिबाट प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीहरुले प्रहरीले धरपकड गरेको भन्दै प्रहरी दमन मुर्दावादको नारा लगाएका थिए । उनीहरुले भारतीय सेना मुर्दावादको पनि नारा लगाएका थिए । भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर हिजो उद्घाटन गरेपछि उनीहरुले विरोध गरेका हुन् । विद्यार्थीहरुले ब्याक अफ ईण्डिया भन्दै चर्काे नारा लगाएका थिए ।

यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भू–भाग भन्दै समेटेपछि विरोध भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर