कांग्रेसबाट निर्वाचित माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश

कांग्रेसबाट निर्वाचित माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश

इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ बाट निर्वाचित वडाध्यक्ष राम घिमिरे नेकपा (एमाले) मा प्रवेश गरेका छन्। दमकमा आयोजित एक कार्यक्रमबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

कार्यक्रममा ओलीले घिमिरेको सक्रियता र स्थानीय तहमा गरेको कार्यप्रति प्रशंसा गर्दै एमालेमा उनको भूमिकाले संगठन सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा ८६५ मत प्राप्त गर्दै माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित भएका थिए।

घिमिरेको एमाले प्रवेशसँगै माईजोगमाई गाउँपालिकामा राजनीतिक समीकरणमा समेत प्रभाव पर्ने चर्चा गरिएको छ। कार्यक्रममा एमालेका जिल्ला तथा क्षेत्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया:

सम्बन्धित खवर