इलाममा सवारी दुर्घटना, दुई जना घाइते

इलाममा सवारी दुर्घटना, दुई जना घाइते

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ नेपालटारमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–ज ३६६१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ ४७६११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ताप्लेजुङ कञ्चनजङ्घा बोर्डिङ स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फुङलिङ–२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईं घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइते दुवैजनालाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। बोलेरो चालक सूर्याेदय नगरपालिका–१४ का प्रदीप मगर प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर