स्वदेश फिर्तीको माग गर्दै सिंहदरवार अगाडी चिनिया नागरीकको धर्ना, प्रहरी संग झडप

स्वदेश फिर्तीको माग गर्दै सिंहदरवार अगाडी चिनिया नागरीकको धर्ना, प्रहरी संग झडप

२६ वैशाख, काठमाण्डौँ । सिंहदरवार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारमा धर्ना दिन पुगेका चिनियाँ नागरिकले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

काठमाडौँ प्रहरीका अनुसार झडपका क्रममा चिनियाँ नागरिकहरुले ढुंगामुढा गरेका थिए । झडपमा महानगरी प्रहरी वृत्त सिंहदरवारका डिएसपी हरि बस्नेतसहित थप एक जना प्रहरी घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ । केही चिनियाँ नागरिक पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर