अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो

अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो


१९ मंसिर, झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो ।

चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा रु एक अर्ब ९० करोड दुई लाख बराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१र८२ को सोही अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य बस्तुहरूमा भेनियर सिट १३४ दशमलव ८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो तीन दशमलव २० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी प्लाउड ५२ दशमलव ७० प्रतिशत, अम्रिसो २३ दशमलव ९० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ३० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा रु सात अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको माल वस्तु निर्यात भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर