२१ वैशाख, इलाम ।
कोहि सपुत आयो भनुन् सम्झेर यो देशलाई !
समृद्ध बनाउनुपर्छ भन्ने सोचेर यो देशलाई !
परिवारको झगडामा छिमेकीले फाईदा लिन्छ ।
अघि बढाऔँ फुटेर होइन, जुटेर यो देशलाई ।
हामी हाम्रो देशलाई यति समृद्ध बनाऔँ कि ?
विश्वले पनि पाठ सिकोस् देखेर यो देशलाई ।
काँधमा काँध, हातमा हात मिलाएर अघि बढौँ ।
हुँदैन फाईदा एकअर्काको खुट्टा तानेर यो देशलाई !
बिग्रिसकेको छैन, हामीलाई विश्वास छ अझै !
अब देखाइदेऊ सरकार बदलेर यो देशलाई !
-लेखक साहित्यिक मञ्च मोडल क्याम्पसका अध्यक्ष हुन् ।