
२१ वैशाख, सुनसरी । गढी गाउँपालिकाका निजी तथा आवासिय विद्यालयहरुको संगठन प्यावसनले गढी गाउँपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।
प्यावसनका अध्यक्ष अन्तराम चौधरीले आज गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई नगद रु ३५ हजार रुपैँया हस्तान्तरण गर्नु भएको हो ।
नगद हस्तान्तरण गर्दै प्यावसनका अध्यक्ष चौधरीले वर्तमान विषम परिस्थितीमा निजि विद्यालयहरुको तर्फवाट नगद रकम स्थानिय सरकारलाई उपलब्ध गराउन पाएकामा आफुहरु गौरवान्वित भएको बताउनुभयो । साथै आउने दिनमा पनि सहयोग गरीरहने वाचा समेत प्रकट गर्नुभएको थियो ।
त्यसैगरी गढी गाउँपालिका अध्यक्ष यादवले गाँउपालिकामा लकडाउनबाट प्रभावित जनताहरुलाई उपलब्ध रकमले केही राहत मिल्ने बताउनुभयो । पालिकाको कोरोना राहत कोषमा जम्मा भएका रकमले विपन्न स्थानिहरुलाई प्रभावकारी रुपमा राहत वितरण गरिने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरी, शिक्षा शाखा प्रमुख छविराज ओझा लगायत सहयोगी विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७