
१५ कार्तिक, झापा । नेकपा एमाले दमक नगर कमिटीको संयोजनमा दमकमा सद्भाव मोटरसाइकल र्याली निकालिएको छ ।
देशमा जेन जी आन्दोलन पश्चात उत्पन्न बिषम राजनीतिक परिस्थितीकाबीच दमक नगर कमिटी अन्तर्गत जनसंगठन संयन्त्रको आयोजनामा नगर संयोजक बिवेक भट्टराईको नेतृत्वमा आयोजित उक्त र्याली निकालिएको हो । र्यालीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशसभा सदस्य होम थापा, एमाले झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतका नेताहरूको उपस्थिती रहेको थियो ।
र्यालीमा करिब पाँच सय मोटरसाइकलसहित करिब ७०० जना कार्यकर्ताहरू सहभागी भएको आयोजकले बताएको छ । र्याली दमक–५ स्थित गोर्खा डिपार्टमेन्ट अगाडिबाट सुरु भई सेतुमारी रोड, नगर पार्टी कार्यालय (पखेटे), शान्तिमार्ग, क्याम्पस मोड, खरखरे आम्दा रोड, फाल्गुनन्द चोक, पुरानो सब्जी बजार, शंखधर चोक र जेसीज चोक हुँदै आकाशे पुलमा पुगेर सम्पन्न भएको थियो ।
र्याली शुरु हुनु अघि कार्यक्रममा बोल्दै बक्ताहरुले जनतालाई डर र धम्की देखाएर शासन गर्ने शक्ति र सत्ता एमालेलाई स्वीकार्य नभएको बताएका थिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७