२१ वैशाख, काठमाण्डौँ । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ पुरुष र ४ जना महिला छन् । संक्रमित ७ देखि ५८ वर्ष उमेर समुहका रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।