इप्पानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द रहेका छन् । निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुर्याएको छ ।
इलामकै निर्माणाधीन सिद्दीखोला हाइड्रोपावरमा पनि बाढीले क्षति पुगेको छ । यो आयोजनाको १० दिनमा हुने भनेको सीओडी अनिश्चत बनेको छ ।

सिन्धुपाल्चोक र पाँचथरका दुई/दई आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । अब यी आयोजनाको उत्पादन डिले हुने इप्पानले जनाएको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७