थप दुईजनामा कोरोना संक्रमण पुष्टिः संक्रमित संख्या ५९ पुग्यो

थप दुईजनामा कोरोना संक्रमण पुष्टिः संक्रमित संख्या ५९ पुग्यो

१९ वैशाख, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ । आज थप दुई नयाँ संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पत्ता लागेका संक्रमितहरु रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । उनीहरू दुबैको अवस्था सामान्य छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितम ध्ये १६ जना नीको भई घर फर्किइसकेका छन् । ४३ जना विभिन्न अस्पतालहरुमा उपचारारत छन् ।

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर