१३ असार, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ मा संचालित महिला उद्घोषण तालिम आज सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम ११ गतेबाट सुरु भएको थियो ।
माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले यस तालिमले महिलाहरुको क्षमता विकाशमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । आफु वडाअध्यक्ष निर्वाचित भएदेखी नै महिलाहरुको क्षमता विकाश र सिप विकाशका कार्यक्रमहरु निरन्तर रुपमा संञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
माङसेबुङ गाउँपालिका वडा नं. ४ कार्यलयको हलमा असार ११ गतेबाट सुरु भएको तालिम तिन दिनसम्म चलेर आज समापन भएको कार्यक्रम संयोजक मदुराम विश्वले जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो दिन संचारकर्मी तथा युवा अभियान्ता नितेश राईले उद्घोषणको अर्थ, उद्घोषण तालिमको आवश्यक्ता र औचित्यको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
दोस्रो दिन १२ गते संचारकर्मी तथा फ्रिलाईन्सर भुमिका फियाक सुब्बाले औपचारीक तथा अनौपचारीक कार्यक्रम, स्टेज कार्यक्रमको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै तालिमको अन्तिम दिन आज इलामका चर्चित पत्रकार तथा अधिवक्ता राम योङहाङले प्रशिक्षण दिनुभएको थियो । योङहाङले ग्रामिण भेगका महिलाहरुलाई उद्घोषण तालिमको आवश्यक्ता र यसको उपयोगिताको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको हो ।