अनेरास्ववियुको सचिवालय (खुल्ला तर्फको) पदमा इलामका नितेश राईको उम्मेद्वारी

अनेरास्ववियुको सचिवालय (खुल्ला तर्फको) पदमा इलामका नितेश राईको उम्मेद्वारी


काठमाण्डौ । बिगत लामो समय देखी विद्यार्थी राजनितीमा सक्रिय इलामका बिद्यार्थी नेता नितेश राईले अनेरास्ववियुको खुल्ला तर्फको सचिवालय सदस्य पदमा उम्मेद्वारी दिएका छन । काठमान्डौको किर्तिपुरमा जेठ २५ गते देखी अधिवेशन जारी छ । सबै नेता तथा प्रतिनिधीहरुको सल्लाहमा सचिवालय पदमा उम्मेद्वारी दिएको उनले बताए ।

इलामका बिद्यार्थी नेता राई अनेरास्ववियुको इकाई कमिटी, पालिका कमिटी, निर्वाचन क्षेित्रय कमिटी हुदै जिल्ला सदस्यमा निर्वाचित भएका थिए । सो पछी उनि जिल्ला कमिटीको उपसचिव र तत्कालिन प्रदेश १ कमिटीको प्रदेश सदस्य भएर अनेरास्ववियुको २३ औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । हाल उनी अनेरास्ववियुको इलाम जिल्ला इन्चार्जको रुपमा समेत रहेका छन ।

उनि २०८९ सालको स्ववियु निर्वाचनमा झापाको दमक बमुहुमुखी क्यम्पसको स्ववियु सभापती पदको उम्मेद्वार बनेका थिए तर झिनो मतका कारण उनि पराजित भए ।

प्रखर बक्ता र प्रस्ट धारणाका बिद्यार्थी नेताको रुपमा उनको छबि रहेको उनका समकक्षी विद्यार्थी नेताहरु बताउछन ।

प्रतिक्रिया:

सम्बन्धित खवर