चिप्लिएर लड्दा इलाममा एक जनाको मृत्यु

चिप्लिएर लड्दा इलाममा एक जनाको मृत्यु

१४ वैशाख, इलाम । इलाममा आज एक जनाको ढुङ्गामा चिप्लिएर लडेर मृत्यु भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका–३ सल्लेरीका ४० बर्षीय रामबहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको हो ।

दिउँसो पाउने १ बजे आफ्नै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा उनी ढुङ्गामा चिप्लिएर लडेका थिए । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

घटनाको सम्बन्ध बारेमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर