कोरोनाको आशंकामा चुलाचुलीमा ८ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

कोरोनाको आशंकामा चुलाचुलीमा ८ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

१४ वैशाख, चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा कोरोना भाइरसको आंशकामा ८ जनाको आरडिटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दाहालका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा गरिएको परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना परिक्षण गरिएका सबै व्यक्तिहरु विदेशबाट आएका हुन् । गाउँपालिकामा हालसम्म १३ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको प्रमुख दाहालले बताउनुभयो ।

गाउँपालिकामा हाल २० बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । तर अहिलेसम्म कसैलाई पनि राखिएको छैन । जिल्ला स्वास्थ्य कार्यलय इलामको पछिल्लो निर्णय अनुसार सो क्वारेन्टाईनलाई ५० बेड क्षमताको बनाउन काम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर