
१४ वैशाख, झापा । दमक–३ का ६२ बर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टी भएसँगै यसबाट थप ब्याक्तिहरुमा सरेको हुनसक्ने भन्दै आजबाट आरडिटी परिक्षण सुरु गरिएको छ । संक्रमित बृद्धसँग सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको कन्ट्राक्ट ट्रेसिङलाई आधार बनाएर परिक्षण शुरु गरिएको हो ।
दमक नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीका अनुसार दमक अस्पतालका प्रमुख डा. खड्कलाल लिम्बुको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थकर्मी र प्रयोगशालाकर्मीहरुको टोलि परिचालन गरिएको छ ।
यसैको तयारीकालागि हिजो मात्र नगरपालिकामा स्वाबको नमुना संकलन तथा आरडिटी परीक्षण लगायतको बिषयमा स्वास्थ्यकर्मीलाई प्रदेश सरकार र जनजनस्वास्थ्य कार्यालय झापाको सहयोगमा अभिमुखिकरण प्रदान गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
आईतवार(आज) दिनभर कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गरेर पहिलो चरणमा स्वाब परीक्षण गरिने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले बताउनुभयो ।
कोरोना संक्रमित फेलापरेको स्थान दमक नगरपालिका वडा नं. ३ लाई अहिले पुर्ण रुपमा सिल गरिएको इलाका प्रहरी कार्यलय दमकका प्रमुख बिजयराज पण्डितले बताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७