इलामेलीहरुलाई गृहजिल्ला नल्याइने, तर यथास्थानमा राहतको व्यवस्थापन गरिने

इलामेलीहरुलाई गृहजिल्ला नल्याइने, तर यथास्थानमा राहतको व्यवस्थापन गरिने

१३ वैशाख, झापा । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संम्भावित संक्रमण जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउनका कारण काठमाण्डौँ लगायत विभिन्न स्थानमा रहेका इलामेलीहरु गृह जिल्ला फर्कन नपाउने भएका छन् । केही जिल्लाहरुले आफना नागरिक घर फर्काइरहेको बेला इलामेलीहरु भने आफ्नो जिल्ला आउन नपाउने भएका हुन् ।

रोजगारीका लागि गएका नागरीकहरु इलाम फर्कदा चाप बढि भई लकडाउनको प्रभावकारिता नहुने भएकाले जिल्ला फर्काउन नसकिने निर्णय भएको जिल्ला समन्वय समिती इलामले जनाएको छ ।

काठमाण्डौँ लगायत देशका विभिन्न ठाउँहरुमा श्रम रोजगारी गर्नका लागि गएका नागरिकहरुको जिवन कष्टकर भएपछि जिल्ला समन्वय समितिले स्थानिय तहहरुलाई आ–आफनो क्षेत्रको नागरिकको लगत संकलन गर्न बैशाख १० गते पत्राचार गरेको थियो । तर ठुलो संख्यामा फर्कने भएपछि जनसंख्याको उक्त चाप थेग्न नसक्ने र आएका व्यक्तिहरुलाई सार्वजनिक क्वारेन्टाइनमने व्यवस्थापनमा कठिनाइ हुने भएकाले नर्फकाउने तर यथास्थानमा राहतको व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय समिती इलामका प्रमुख गणेशप्रशाद बरालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको आयोजनामा १० वटै स्थानिय तहको प्रमुख, सुरक्षा संयन्त्र, प्रमुख जिल्ला अधिकारी लगायत सम्मिलित शुक्रवारको बैठकले इलाम–काठमाण्डौसँग सम्वन्धित संस्थाहरुसँग आवश्यक समन्वय गरी स्थानिय तहले आफ्ना नागरिकहरुमध्ये प्रतिनिधी तोकेर अति गरिब, असंगठित मजदुर तथा विपन्न वर्गलाई राहत निर्देशिका बमोजिम यथास्थानमा राहत व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य संस्था, सुरक्षा संयन्त्र तथा अत्यावश्किय क्षेत्रमा सुरक्षा किटहरु अपर्याप्त रहेको, आरडीटी किट लगायत सकिएकाले आपुर्ति तथा व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270