दमकमा उच्च शुरक्षा सतर्कता, संक्रमितको ‘ट्राभल्स हिस्ट्री’ खोजिदै

दमकमा उच्च शुरक्षा सतर्कता, संक्रमितको ‘ट्राभल्स हिस्ट्री’ खोजिदै

१३ वैशाख, झापा । झापा दमकका एक ६३ बर्षिय बृद्धमा कोरोना भइरस संक्रमणको पुष्टि भए संगै शुरक्षा सतर्कता बढाईएको छ । संक्रमित वृद्धको ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यलाई समेत तिव्र पारिएको छ । ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यमा प्रहरीसँगै आफुहरु पनि लागि परेको दमकका जनप्रतिनिधीले बताएका छन् ।

दमक वडा नं. ३ मा बसोबास गर्ने वृद्धको परिवार, आफन्त, छिमेकीसँग संक्रमितका बारेमा सोधपुछ गर्ने काम भइरहेको उपप्रमुख गिता अधिकारीले जानकारी दिनुभयो । ‘हामीले वडा नम्बर ३ पूर्णरुपमा सिल गरिसकेका छौँ’ उहाँले भन्नुभयो, ‘अहिले संक्रमितको ‘ट्राभल्स हिस्ट्री’ खोज्ने र सचेतनाका लागि जनचेतना फैलाउने काम विहानैबाट भइरहेको छ ।’

दमक ३ का वडाअध्यक्षनविन बरालका अनुसार हिजो शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा दमकका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको थियो । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि तेह्रथुममा निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा शोखमा बसेका थिए ।


शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६२ बर्षिय ति वृद्धका छोरा गत चैत्र ४ गते दुवईबाट घर आएका थिए । यद्धपी उनको पिसिआर रिर्पाेट भने नेगेटिभ आएको छ । वृद्धका श्रीमती, छोराको आरडीटी पोजेटिभ देखिएपछि बुहारीको समेत स्वाव परिक्षण गरिएको थियो । जसमध्ये ती वृद्धको मात्रै पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

हाल संक्रमण पुष्टिएको वृद्धको विराटनगर स्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमती, छोरा र बुहारीलाई भने दमकस्थित दमक अस्पतालको आइसोलेसन वाडमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर