झापा दमकका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१२ वैशाख, झापा । झापा दमकका एक जना बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमकका ६२ वर्षीय बृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

हाल संक्रमित व्यक्तिलाई आईसोलेसनमा राखेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेका पनि जनाईएको छ

आरडिटी परिक्षणमा पोजटिभ रिपोर्ट आएका झापा दमकका ४ जनाको स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270