दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

१२ वैशाख, काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषद बैठकले यसअघि ल्याईएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार पार्टीभित्रबाटै दबाब आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिने निर्णय गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरका

रले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

उक्त अध्यादेश जारी भएपछि पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्त्याउन खोजेको भन्दै सरकार तिब्र आलोचना भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर