दमकमा थप ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, शुरक्षा व्यवस्था कडा

दमकमा थप ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, शुरक्षा व्यवस्था कडा

१२ वैशाख, काठमाण्डौँ । झापाको दमक नगरपालिका वडा नं. ३ का एकैपरिवारका ३ सदस्यमा आरडिटी पोजेटिभ देखिएको छ । कोरोनाको शंका लागेर विहिबार उनिहरुको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुलाई अहिले दमक अस्पतालको आइसुलेसनमा राखेर उपचार गरिरहेको बताईएको छ ।

ति तिन जना र दमकका अर्का एक जना युवाको स्वाव संकलन गरि पीसिआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताउनुभयो ।

यस संगै दमकको लकडाउनलाई झनै कडा बनाईएको छ । दमक ३ जनता चौकका उनिरुको घर अहिले सिल गरिएको छ । आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा नं ३ का वडाअध्यक्ष नबिन बरालले जानकारी दिनुभयो । सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित क्षेत्रमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको वडाअध्यक्ष बरालले बताउनुभयो ।

विषेश गरि भुटानी शरणार्थी शिविर समेत यहि वडामा रहेकाले संक्रणको जोखिम झन बढ्न सक्ने भएकोले शिबिरमा आउन र जान पूर्ण रुपमा निषेध गरिएको छ । उप प्रमुख अधिकारीले वडामा थप सुरक्षा कडाई गर्न शिबिरमा रहेको शशस्त्र प्रहरीको बीट र इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर