माता तिर्थ औंशीको अवसरमा बरबोटे निवासी टीका दुलालबाट बृद्धाश्रमलाई आर्थिक सहयोग

माता तिर्थ औंशीको अवसरमा बरबोटे निवासी टीका दुलालबाट बृद्धाश्रमलाई आर्थिक सहयोग

११ वैशाख, इलाम । माता तिर्थ औंशीको अवसर पारेर इलाम नगरपालिका वडा नं. ४ बरबोटे घर भइ रोजगारीको सिलसिलामा दोहा, कतारमा कार्यरत टीका दुलाल (चापागाईं) ले माईभगवती बृद्धाश्रम इलामलाई ५० हजार रुपैयाँ सहयोग गर्नुएको छ ।

सहयोग गर्नलाई धनभन्दा मन ठूलो हुनुपर्दछ भन्ने भनाईलाई चरितार्थ गर्दै विदेशमा पसिना बगाएर दुःख गरेको कमाईबाट आमाहरुको सम्मानमा उहाँले श्रीमान् तेजप्रसाद, छोरा राजन दुलाल र आफ्नो नाममा सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरणको लागि आवश्यक समन्वय सामाजिक अभियान्ता नवराज शंकरले गर्नुभएको थियो ।

माईभगवती बृद्धाश्रम इलामकी अध्यक्ष बिष्णु दाहाल सुब्बासँग परामर्श गरेर लकडाउनका कारण आवत–जावतमा समस्या भएकाले बृद्धाश्रमको नेपाल बैंक लिमिटेड इलाम शाखामा रहेको खाता नम्बर ०४००१०००८३८३२४०००००१ मा रकम जम्मा गरिएको सामाजिक अभियान्ता शंकरले बताउनुभयो ।

इलामको माइखोलास्थित राजदुवालीमा रहेको माईभगवती बृद्धाश्रम इलाममा ९ जना वृद्धा र ३ जना बृद्धहरु गरि जम्मा १२ जना बृद्धबृद्धाहरुले आश्रय लिई रहेको आश्रमकि अध्यक्ष बिष्णु दाहाल सुब्बाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270