झापाको दमक बजार साताको ५ दिन बन्द गर्ने निर्णय

झापाको दमक बजार साताको ५ दिन बन्द गर्ने निर्णय

११ वैशाख, झापा । झापाको दमक बजारलाई साताको ५ दिन बन्द गर्ने निर्णय भएको छ । सम्भावित कोराना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि नगरपालिमा बुधवार बसेको सर्वपक्षिय छलफलले यस्तो निर्णय गरेको हो ।

दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सर्वपक्षिय छलफल बोलाएको थियो । नगरपालिकाका मेयर रोमनाथ ओलीले सबैको सहमतिमा यो निर्णय लिईएको बताउनुभएको छ । अब बुधबार र शनिबार ३ घण्टामात्र अत्यआवश्यकीय दैनिक उपभोग्य सामाग्रि विक्री गर्ने पसल खुल्नेछन् । मेयर ओलीका अनुसार सरकारले तोकेको अतितयआवश्यकीय सेवा भने शुचारु नै रहने जनाईएको छ ।

साताको बुधबार र शनिबार ११ बजेदेखि २ बजेसम्म मात्र दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल खुल्न पाउनेछन् । तरकारी पसल पनि खुल्न पाउनेछैनन् । यहि नियम तरकारी पनि लागु हुने निर्णय भएको छ । घरदैलोमा विक्रीका लागि भने अनुमति लिएकाहरुले पाउने मेयर ओलीले बताउनुभयो । यसले लकडाउन प्रभावकारी बन्ने अपेक्षा लिईएको नगरपालिकाले जनाएको छ । लकडाउनको समयमा हुनसक्ने कालोबजारी अनुगमन गर्ने र त्यस्तो गर्नेलाई कार्वाही गर्ने पनि निर्णय भएको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले निर्णयको स्वागत गर्दै यो पालना गर्न सबैसंग आग्रह समेत गर्नुभएको छ । छलफलमा प्रतिनिधीसभा सदस्य महेन्द्रकुमारी सुब्बा, प्रदेशसभा सदस्य अर्जुन राई लगायत स्थानीय सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270