
१० बैशाख, इलाम । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित खोप सेवा इलाममा शुरु गरिने भएको छ । वालवालिकाका लागि आधारभूत स्वास्थ्य खोप सेवा सरकारले शुरु गर्न निर्देशन दिएसँगै इलाम जिल्लामा सुरु गरिने भएको हो ।
कडाउनका कारण नियमित खोप सेवाबाट बालबालिका वञ्चित भएकाले सरकारी निर्णयपछि इलाममा नियमित खोप सेवा सुरु गरिने भएको हो । महामारी बिच पनि नियमित खोप सेवा रोक्नु नहुने निर्देशन दिएकाले इलामका सबै खोप केन्द्रमा खोप सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताउनुभयो । शिशु जन्मिएको १५ महिनासम्ममा १२ किसिमको खोप लगाईन्छ ।
नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने भएकाले खोप सेवालाई निरन्तरता दिएको प्रमुख दासको भनाइ छ ।
इलाम जिल्ला मात्र पाँच वर्ष भित्रका ३० हजार बालकालिकाले नियमित खोप लगाउँदै आएका छन् । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने प्रमुख दासले बताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७