
झापा, माघ २०। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको ७औं अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा नयाँ समिति पाएको छ ।
फोनिज झापाले रजत वर्षको अवसरमा विर्तामोडमा आयोजित अधिवेशनले सर्वसम्मत कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । सदस्यहरुमा सुरेश आले मगर, सजन राई, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सौरभ मुखिया, मिना नेम्बाङ, डिके शेर्मा र सुमन बेघा रहेका छन् ।
अधिवेशनबाट ८ जना संघिय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जहाँ दीपिन राई, गणेशमान मुखिया, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती, सुसन राई र भूमिका फियाक रहेका छन् ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, पत्रकार महासंघका प्रदेश सदस्य अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७