झापा क्षेत्र नं ४ का सांसद साँवाद्धारा १४ हजार मेडिकेटेड मास्क र सेनिटाइजर बितरण

झापा क्षेत्र नं ४ का सांसद साँवाद्धारा १४ हजार मेडिकेटेड मास्क र सेनिटाइजर बितरण

१० बैशाख, झापा । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले आफ्नो निर्वाचन क्षेत्रमा १४ हजार थान मेडिकेटेड मास्क र सेनिटाइजर बितरण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने एक गाउँपालकासहित २ वटा नगरपालिकालाई सो स्वास्थ्य सामाग्री उहाँले वितरण गर्नुभएको हो ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तीनै तहका सरकारले गरेका अभियान अन्तर्गत सांसद साँवाले आफ्नो निर्वाचन क्षेत्रका सवै पालिकाहरुमा स्वास्थ्य सुरक्षा सामाग्रीहरु बितरण गर्नुभएको हो । सांसद साँवाका अनुसार दक्षिणी झापाको गौरिगञ्ज–१ को महाभारा, गौरिगञ्ज–२ को कोरोबारी र गौरादह–९ को बैगुनधुरासहित शिबसताक्षी नगरपालिकाको ११ वटा वडाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु बितरण गरिएको हो ।

यसैबीच, शिबसताक्षी नगरपालिकामा आयोजित स्वास्थ्य सुरक्षा सामाग्री बितरण कार्यक्रममा सांसद साँवाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेको र यसबाट विश्व समुदायमा ठूलो क्षति पुगेको बताउनुभयो । रोग लागेर निको हुनु भन्दा रोग लाग्न नै नदिनु उत्तम विकल्प रहेको बताउदै उहाँले मास्क, स्यानिटाईजर जस्ता सामाग्रीहरु प्रयोग गर्न सुझाव दिनुभयो । सामाग्री हस्तान्त्रण कार्यक्रममा नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, लगायत वडा अध्यक्षहरु कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270