आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा १७औं संस्करणको आत्मानन्द गोल्डकप आज (आइतबार) सुरु हुँदैछ ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा अवसरमा प्रतियोगिता हुन लागेको हो ।

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ फुटबल टिम सहभागी हुनेछन् ।

आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङ्बुहाङका अनुसार आयोजक युथ अफ माङसेबुङ, पाँचथरको तिजोक युवा क्लब, झापाको दूधे युथ क्लब, झापाकै चुलाचुली स्पोर्टिङ क्लब, मोरङको सिरिजंगा स्पोर्टिङ क्लब, झापाको दमक–भाङबारी स्पोर्टिङ क्लब भारतका एमएफसी दार्जिलिङ सहभागी हुँदैछन् ।

आयोजक समिति सचिव सरिता राईले विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने बताइन् । उनका अनुसार उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, खेलाडी, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, उदीयमान, अनुशासित र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कार व्यवस्था गरिएको छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथुन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँण हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायत खेलसमेत सञ्चालन हुनेछन् ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङ्सिमामाङ साँवा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह–२०८१ को संयुक्त संयोजन र युथ अफ् माङसेबुङको सह–संयोजनमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आजको उद्घाटन खेलअघि सञ्चारकर्मी र शिक्षकबीच मैत्रीपूर्ण खेल हुने सचिव राईले जानकारी दिइन् ।

खेल माध्यमबाट मनोरञ्जन, स्वस्थ जीवन र किरात धर्मगुरुको शान्ति, एकता, मानवता तथा अहिंसाको सन्देश छर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270