दमकमा हात्तीको आक्रमणमा परेर भण्डारीको मृत्यु

२ कार्तिक, झापा । जंगली हात्तीको आक्रमणमा परेर झापाको दमकमा आज विहान एक जना युवकको ज्यान गएको छ । ज्यान जानेमा दमक ३ स्थित दिपज्योति टोलका ४५ बर्षिय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।

हात्ती धपाउन खोज्दा हात्तीले भण्डारीलाई १ सय मिटर भन्दा परसम्म लखेटेर आक्रमण गरेको जनाइएको छ ।

दमकको वडा नंं २ र ३ हात्ती प्रभावित क्षेत्रमा पर्दछ । वडा नंं ३ का वडाध्यक्ष नबिन बरालका अनुसार हात्तीबाट ज्यान बचाउन स्थानीयलाई निक्कै मुस्किल बन्न थालेको अवस्था रहेको छ । हात्ती दिनको समयमा नजिकै हम्सेदुम्से जङ्गलमा बस्ने र बेलुकाको समयमा बस्ती तथा गाउँ पस्ने गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270