भारतसंग सिमा जोडिएको प्रदेश–१ का सीमा क्षेत्रमा १ हजार ९४६ प्रहरी परिचालन

भारतसंग सिमा जोडिएको प्रदेश–१ का सीमा क्षेत्रमा १ हजार ९४६ प्रहरी परिचालन

९ वैशाख, सुनसरी । प्रदेश प्रहरी कार्यलय प्रदेश नं. १ ले भारत संग सिमा जोडिएको प्रदेशको २ सय ९६ किलोमिटर सीमा क्षेत्रमा कडाई गरेको छ । सयका साथै प्रदेशमा रहेका ४ सय ६० मस्जिद र मदरसाहरूमा निगरानी बढाइएको बताएको छ ।

प्रदेश नं. १ को भारतसँग सिमाना जोडिएको क्षेत्रहरुमा १ हजार ९ सय ४६ जना सशस्त्र जवान र जनपथ प्रहरी परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गएकाले जोखिमलाई मध्यनजर गरी सीमा क्षेत्रमा कडाइ गरिएको हो । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार सुनसरीको ६२.५ किलोमिटर क्षेत्रको ६० स्थानमा २ सय ३३ जना, मोरङको ६३ किलोमिटर क्षेत्रको ३६ स्थानमा २ सय ५९ जना, झापाको १ सय १८ किलोमिटर क्षेत्रको १ सय ५ स्थानमा ४ सय ७३ जना र इलामको ५२.५ किलोमिटर क्षेत्रको १६ स्थानमा ८९ जना जनपथ प्रहरी परिचालन गरिएको छ ।सुनसरी देखि इलाम सम्मको २ सय ९६ किलोमिटर सीमा क्षेत्रमा जनपथ प्रहरी ११ सय १ जना सशस्त्र प्रहरी ८ सय ४५ जना गरी १९ सय ४६ जना परिचालन गरिएको छ ।

यसका अलावा प्रदेश १ मा रहेका ४ सय ६० वटा मस्जिद र मदरसाहरूमा प्रहरीले निगरानी बढाएको छ । वीरगन्जको छप्कैया र उदयपुरको भुल्केको मस्जिदमा रहेका मुस्लिम जमातीहरुमा कोरोना सङ्क्रमण देखिएपछि मदरसा र मस्जिदलाई विशेष निगरानीमा राखिएको प्रदेश नं. १ प्रहरी कार्यालयका तिम्सिनाले जनाउनुभयो ।

१ नम्बर प्रदेशमा रहेका मस्जिद र मदरसाहरूमा बसेका भारतीय नागरिक ७७ जना पाकिस्तानी २८ जना र नेपाली ९ सय ९५ जना गरी जम्मा ११ सय जना फेला परेका छन् । ति सबैको स्वास्थ्य परीक्षण गरिसकिएको र उनीहरूको रिपोट नेगेटिभ आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270