उद्योग वाणिज्य संघ र घरेलुले दियो दुहबी नगरपालिको राहत कोषमा आर्थिक र खाद्यान्न सहयोग

उद्योग वाणिज्य संघ र घरेलुले दियो दुहबी नगरपालिको राहत कोषमा आर्थिक र खाद्यान्न सहयोग

८ बैशाख, सुनसरी । दुहवी उद्योग वाणिज्य संघले दुहबी नगरपालिको राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नगर प्रमुख बेदनारायण गच्छदारलाई संघले रु ५१ हजार बराबरको चेक हस्तान्तरण गरेको हो ।

हाल विश्वमहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण न्यूनिकरणका लागी जारी गरिएको लकडाउनको कारण विपन्न बर्ग समस्यामा परेको हुँनाले राहत स्वरुप नगरको कोषका लागि सो रकम सहयोग गरीएकोे उद्योग वाणिज्य संघ दुहवीका अध्यक्ष सुनिल शाहले बताउनुभयो ।

यस्तैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ दुहवी नगर कमिटीले पनि नगरपालिकाको राहत कोषमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

महासंघले आज ६ लाख रुपैँया बारबरको ७३३ बोरा चामल नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गरेकोे हो ।

सो हस्तान्तरण कार्यक्रममा दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, नगरपालिकाका जनप्रतिनिधीहरु, नेपाल घरेलु तथा साना उद्योग महासंघ दुहवी नगर कमिटीका अध्यक्ष महेन्द्र कुमार रौनियार, महासंघका संयोजक हितेष अग्रहरी, महासंघका सल्लाहकार राजेन्द्र शाह गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270