विश्वप्रकाशको दाबी- दुई पटक प्रधानमन्त्री र एक पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ

विश्वप्रकाशको दाबी- दुई पटक प्रधानमन्त्री र एक पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए ।

तर, सभापति शेरबहादुर देउवाले शर्माको प्रस्ताव स्विकार गर्न नसकिने अडान राख्दै आएका छन् । केन्द्रीय कमिटीको बैठकमा समेत देउवानिकट नेताहरुले शर्माको प्रस्तावको खरो विरोध गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर