६ बैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकाका युवा नेता सुमन भट्टराईले नगरपालिको राहत कोषमा १ लाख १ हजार रुपैया सहयोग गर्नुभएको छ ।
दुहवी नगर क्षेत्रका युवा नेता भट्टराईले शुक्रबार दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारलाई १ लाख १ हजार रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित संक्रमण जोखिमलाई न्यनिकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका गरीब र न्यूनआय भएका वर्गकालागि राहत स्वरुप युवा नेता भट्टराईले नगरपालिकाको राहत कोषमा सो आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।
सो हस्तान्तरण कार्यक्रममा दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक प्रविन कार्की, दुहवी वडा नम्बर ३ का वडाध्यक्ष माधव भण्डारी, दुहवी वडा नं. ५ का वडा अध्यक्ष रमेश रौनियार लगायतको उपस्थिती रहेको थियो ।