नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

१४ असार , नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विशेष टोलीले थापालाई बौद्धबाट पक्राउ गरेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरलाई बताए । उनका अनुसार थापालाई शुक्रबारै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइने छ ।

शनिबार बिदा भएकाले आइतबार जिल्ला अदालत, काठमाडौंमा पेस गरिने उनले बताए । प्रहरी स्रोतका अनुुसार, पूर्वगृहमन्त्री पुत्र प्रतीक कहिले भारतको देहरादुन त कहिले सिलगढी बस्दै आएको खुलेको थियो । ‘कहिलेकाहीँ नेपालमा पनि आइरहेका छन् भन्ने सूचना थियो’, स्रोतले भन्यो, ‘त्यहीक्रममा नेपाल आएको थाहा पाएपछि पक्राउ गरेका हौं ।’

पक्राउ पुर्जी जारी भएलगत्तै थापाले प्रेस वक्तव्य जारी गरेर ‘संवेदनशील विषय भएकाले अनुसन्धानलाई सहयोग गर्ने’ बताएका थिए । तर हालसम्म फरार थिए ।प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

दुलाल र भण्डारीको बयानबाट यो प्रकरणमा हाई–प्रोफाइलहरूको संलग्नता खुलेको थियो । त्यसक्रममा पूर्वगृहसचिव, मन्त्रीदेखि नेताहरूका छोराहरूले रकम लिएकोसम्म उनीहरूले बयान दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर