वीपी प्रतिष्ठान धरानमा एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बन्दै

वीपी प्रतिष्ठान धरानमा एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बन्दै

बैशाख ५ गते । विश्वभरी महारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बनाउने भएको छ ।
त्यसका लागि प्रतिष्ठानको पूर्व तर्फ रहेको पूर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्रको रुपमा छुट्टै व्यवस्थापन गर्न लागिएको बताइएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका अनुसार सय आइसोलेन बेडमा १० वटा आइसियु बेडको व्यवस्था गरिने छ । हाल प्रतिष्ठानले २० वटा बेडको आइसोलेसन वार्ड मात्र संचालन गदैं आएको हो ।
विपि प्रतिष्ठानमा विमारीको चापलाई कम गर्न आउदो बैशाख १३ भित्रमा अनलाइनको माध्यमबाट प्रतिष्ठानको विभिन्न सेवा प्रवाह गर्न मोवाइल एप्सको ब्यवस्था गर्ने पनि प्रतिष्ठानले जनाएको छ । त्यसका लागि एप्स निर्माण (क्रेट)को कार्य सुरु भईसकेको छ । मोवाइल एप्स तयारी पुरा भएपछि प्रतिष्ठानमा पुर्जी काट्न विल पेमेन्ट गर्न र ल्याव रिपोर्ट अनलाइन माध्यमबाट लिन सकिने उपकुलपति डा. गिरीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर