आत्मघाती गोल उपहार पाएसँगै युरोकपमा फ्रान्सको विजयी सुरुआत

आत्मघाती गोल उपहार पाएसँगै युरोकपमा फ्रान्सको विजयी सुरुआत

४ असार । विपक्षी खेलाडीले गरेको आत्मघाती गोल उपहार पाएसँगै फ्रान्सले युरोकपमा विजयी सुरुआत गरेको छ।

डसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोलअन्तरले पराजित गरेको हो।

फ्रान्सको जितमा लेफ्ट ब्याक म्याक्सिमिलियन वोबरले ३८औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो।

जितसँगै फ्रान्सले समूह डी मा तीन अंक जोडेको छ। फ्रान्सले शनिबार दोस्रो खेल समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेदरल्यान्ड्सले पहिलो खेलमा पोल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। अस्ट्रियाले शुक्रबार पोल्यान्डसँग दोस्रो खेल खेल्नेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर