बेलिङघमको गोलमा इंग्ल्याण्ड विजयी

बेलिङघमको गोलमा इंग्ल्याण्ड विजयी

३ असार । जुड बेलिङघमको गोल मदत्तमा इंग्ल्याण्ड सर्बियालाई १–० ले पराजित गर्दे युरो २०२४ मा विजयी सुरुआत गरेको छ।

समूह सी अन्तर्गत आइतबार राति गेलसेनकिरचेन स्टेडियममा भएको खेलमा बेलिङघमहले १३औ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २० वर्षीय बेलिङघमले साको प्रहार डिफ्लेक्ट हा त्यसमा हेड गोल गरेका थिए ।

कप्तान ह्यारी केन पनि गोल नजिक पुगेका थिए । तर, जारोड वावेनको क्रसमा केनको प्रहार सर्वियाका गोलकिपर रेड्राग राजकोभिकले बचाएका थिए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्याण्डले जित निकाल्दै सुरुवाती ३ अंक जोडेको छ ।

उपाधि दाबेदारमध्ये एक रहेको इंग्ल्याण्डले सोमबार डेनमार्कसँग खेल्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर