युरोकप २०२४- आयोजक जर्मनीको सानदार सुरुआत

युरोकप २०२४- आयोजक जर्मनीको सानदार सुरुआत

१ अुसार । आयोजक जर्मनीले युरोकप–२०२४ मा सानदार सुरुआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले पराजित गरेको हो।

म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे।

खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे।

पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो ।

जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए । त्यसमा काई हाभाट्र्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।

स्कटल्याण्ड दश खेलाडीमा रहेको फाइदा उठाउँदै जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो ।

निकलस फुलकर्कले ६८औं मिनेटमा जर्मद्दीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे ।

स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

युरो–२०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे खेल हुनेछ ।

यस्तै समूह बी मा रहेका स्पेन र क्रोएसियाबीच राति ९ः४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२ः४५ बजे खेल हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर