
३१ जेठ । वेस्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ।
बिहीबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर एटमा पुगेको हो। योसँगै न्युजिल्यान्ड सुपर एटको दौडबाट लगभग बाहिरिएको छ।
न्युजिल्यान्डले १४ जुनमा युगान्डा र १७ जुनमा पपुवा न्युगिनीको सामना गर्नेछ। यी दुई खेलमा जिते पनि न्युजिल्यान्डका लागि पर्याप्त हुनेछैन।
वेस्ट इन्डिजको तीन खेलबाट तीन जितसहित ६ अंक छ। अफगानिस्तानले अहिलेसम्म दुईमध्ये दुई खेलमा जित हासिल गर्दै चार अंक जोडेको छ।
अफगानिस्तानले जुन १४ मा पपुवा न्युगिनीको सामना गर्ने छ। यो खेल जित्यो या वर्षाले खेल रद्द भयो भने पनि अफगानिस्तान छनोट हुनेछ।
अफगानिस्तान पपुवा न्युगिनीसँग ठूलो अन्तरले पराजित भएमा मात्र न्युजिल्यान्डले मौका पाउनेछ। तर, यो हुन लगभग असम्भव छ।
अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो। यस्तो अवस्थामा अफगानिस्तान पनि छनोट हुने निश्चित छ।
पपुवा न्युगिनीलाई हराएमा अफगानिस्तानको ६ अंक हुनेछ भने न्युजिल्यान्डले दुवै खेल जिते पनि चार अंक मात्र प्राप्त गर्नेछ। त्यसैले न्युजिल्यान्डको विश्वकप यात्रा लगभग सकिएको छ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७