रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलको जितमा

रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलको जितमा

३० जेठ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ।

युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो।

खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्‍याएका छन्। यो अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल गरे।

यूरोकप २०२४ यही जुन १५ बाट जर्मनीमा आयोजना हुँदै छ। समूह एफ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा १९ जुनमा चेक रिपब्लिकको सामना गर्नेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर