फिफा विश्वकप २०२६/ एसियन कप २०२७ छनोट- नेपाल यमनसँग बराबरीमा रोकियो

फिफा विश्वकप २०२६/ एसियन कप २०२७ छनोट- नेपाल यमनसँग बराबरीमा रोकियो

३० जेठ । अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो। समूह एचमा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो। योसँगै नेपालले एक अंक जोड्दै विश्वकप/एसियन छनोटको यात्रा सकाएको छ। यमनले भने पाँच अंक जोडेको छ।

नेपालका सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले गोल गरेका थिए। यमनका नासेर मोहम्मद र मोहम्मद अल दहीले गोल फर्काए। खेलमा १–० गोलले पछि परेको नेपालले २–१  को अग्रता बनाएको थियो। तर, उक्त अग्रता नेपालले अन्तिम समयसम्म जोगाउन सकेन।

खेलको नवौँ मिनेटमा यमनका नासेर मोहम्मदले पेनाल्टीमा गोल गर्दै सुरुआत अग्रता दिलाएका थिए। तर, २२औँ मिनेटमा सञ्जीवले गोल गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो।

दोस्रो हाफको ६६औँ मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई  २–१ को अग्रता दिलाए। तर, अतिरिक्त समयको पहिलो मिनेटमा मोहम्मद अल दहीले गोल गर्दै खेल २–२ को बराबरीमा सक्काए।

प्रतिक्रिया:

सम्बन्धित खवर