फिफा विश्वकप २०२६ छनोट- अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै

फिफा विश्वकप २०२६ छनोट- अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै

२९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११ः४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ ।

सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४–० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ ।

समूह ‘एच’ मा रहेको नेपालले त्यसअघि पाँचै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँग पहिलो खेलमा ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।

नेपालले आजको खेलमा अंकको खाता खोल्न चाहन्छ । यस्तै गोलको लागि संघर्षरत नेपाली टोलीले गोलको खाता समेत खोल्न चाहेको प्रशिक्षक अनेसेले साउदी भ्रमणमा जानु अघि बताएका थिए । पछिल्लो खेलमा दुई पटक क्रसबारमा प्रहार गरेको नेपाली टोलीले आज भने गोलको खडेरी तोड्ने लक्ष्य साथ मैदानमा उत्रिने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर