माइकलको ह्याट्रिकमा स्पेनको जितमा

माइकलको ह्याट्रिकमा स्पेनको जितमा

२४ जेठ । माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ।

बुधबार राति सम्पन्न खेलमा स्पेन ५-० गोल अन्तरले विजयी भएको हो।

खेलको पहिलो हाफमा अयोज पेरेजले गोल गरेका थिए। २४औं मिनेटमा पाउ केयुबार्सीले दिएको पासलाई उनले सदुपयोग गरे।

५३, ६६ र ७३औं मिनेटमा माइकलले गोल गर्दै ह्यट्रिक पूरा गरे। ८१औं मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए।

प्रतिक्रिया:

सम्बन्धित खवर