प्रबिधीमैत्री अनलाइन अध्यापन कक्षा सन्चालन गर्दै दमक बहुमुखी क्याम्पस

प्रबिधीमैत्री अनलाइन अध्यापन कक्षा सन्चालन गर्दै दमक बहुमुखी क्याम्पस

दमक, ३ बैशाख । झापाकाे दमकमा सञ्चालित दमक बहुमुखी क्याम्पसले अनलाइन शिक्षण विधिद्वारा अध्यापन गराउने भएकाे छ । यस विधिद्वारा विद्यार्थीहरूले घरमै बसेर शिक्षण क्रियाकलापमा सहभागि हुन सक्नेछन् ।

क्याम्पस प्रमुख डा. नेत्र बहादूर बुढाथोकि तथा विभिन्न तहका कार्यक्रम संयाेजक सुमन कुमार नेपाल ,रामचन्द्र अधिकारी र अभिनास कुमार झा लगायत विभिन्न सम्बन्धित प्राध्यापकहरुबीच मंगलबार भएको छलफलले साे निर्णय गरेकाे हाे ।

लकडाउनका कारण शिक्षा क्षेत्रमा बिधार्थीहरुको परिक्षा तथा शैक्षिक कार्य तालिकालाइ पुर्याएकाे असरलाइ मध्यनजर गर्दै वैकल्पिक निर्णय गरिएकाे हाे ।

तत्काललाइ सेमेष्टर प्रणाली अन्तर्गतका एमबिएस प्रथम सेमेष्टर, बिबिए र बिसीएका कक्षाहरु अनलाइन प्रणाली मार्फत संचालन गर्ने निर्णय गरेको हाे ।

बिश्वबिध्यालय अनुदान आयोगबाट क्यूएए मान्यता प्राप्त दमक बहुमुखी क्याम्पसमा ब्यबस्थापन, बिज्ञान, तथा मानविकि संकायका बिभिन्न तहका कक्षाहरू संचालित छन् । अनलाइन कक्षा बैशाख ४ गते देखि सुरू हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर