खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट

खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट

१६ जेठ । सरकारले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेका खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेका हुन् ।

पूर्वाधार विकास अन्तर्गत क्रिकेट रंगशाला निमार्णलाई बजेटमा प्राथमिकता दिइएको छ । जसअन्तर्गत काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ ।

भरतपुरमा निमार्णधीन अवस्थामा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको  मातहतमा निमार्ण गरिने घोषणा समेत अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

त्यस्तै, कीर्तिपुर क्रिकेट रंगशालाको स्तरउन्नति र फाप्ला क्रिकेट मैदान निमार्णलाई पूर्णता दिइने बजेट भाषणमा उल्लेख छ ।

आगामी आर्थिक वर्षका लागि पूर्वाधारको बजेट बढेर आएको छ। आर्थिक वर्ष  ०८०/८१ को बजेट  ७२ करोड ८० लाखमात्रै विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि एक अर्ब ३० करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर